हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले बिशेष सुचनाका आधारमा ५ किलो ७ सय ग्राम गाँजा सहित दुईजनालाई पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ कमाने भोर्लेनीका ५६ बर्षीय मंगल सिं बम्जनलाई लागुऔषध गाँजा ५ किलो २ सय ग्राम सहित पक्राउ गरेको हो । प्रहरीले मंगलको कोठामा लुकाई छिपाई राखेको अबस्थामा गाँजा बरामद गरेको थियो ।

त्यस्तै प्रहरीले ५ सय ग्राम गाँजा सहित हेटौंडा उपमहानगरपालिका वडा नं.१५ कमाने भोर्लेनी बस्ने २९ बर्षीय कृष्ण थिङलाई पक्राउ गरेको छ छ । थिङले कोठामा लुकाई छिपाई राखेको गाँजा प्रहरीले बरामद गरेको हो । गाँजा सहित पक्राउ परेका दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।