हेटौंडा । मकवानपुर प्रहरीले खैरो हिरोईनसहित २ जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट थानाभर्याङगबाट खटिएको प्रहरी टोलीले सिमलटार तर्फ जाने सडक खण्डमा प्रदेश ३–०२–०१४ प १२९४ नम्बरको स्कुटरमा शंकास्पद अवस्थामा बसिरहेका सोही स्थानका २२ वर्षीय आशिष विश्वकर्मा र १८ वर्षीय शिशिर भन्ने बसन्त कप्रौला पक्राउ गरेको हो ।

प्रहरीले सुरक्षाजाँच गर्दा विश्वकर्माको साथबाट ४०० मिलि ग्राम लागुऔषध खैरोहेरोईन फेला पारेको थियो । उक्त लागुऔषध, स्कुटरसहित आशिष विश्वकर्मा र शिशिर भन्ने बसन्त कप्रौलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।