हेटौंडा । टोल बिकास सस्थाको समन्वयमा हेटौंडा उपमहानगरपालिकाले सुरु गरेको ‘ सफा हेटौंडा अभियान’ मा फलफुलका बिरुवाहरु रोपिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको समन्वयमा बनस्पती उद्यानबाट लगिएका ६० वटा बिभिन्न जातका फलफुलको बिरुवा हेटौंडा–७ न्युरेनी स्थित पशुपती मन्दिर परिसरमा रोपिएको हो ।

हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले नगरको सुन्दरतालाई बढाउँदै लैजाने र आउँने आगन्तुकहरुका लागि सुन्दर उपमहानगर देखाउँने उद्देश्य अनुसार अभियानको घोषणा गरेकी हुन् । उनले हेटौंडावासीले नगरलाई सुन्दर बनाउनका लागि आफ्नै तर्फबाट अपनत्व गर्दै हरेक हप्ताको सनिवार सफाई अभियानमा सहभागि हुन आवहन गरेअनुसार हेटौंडा ७ मा बृक्षारोपण गरिएको हो ।

हेटौंडाको हुप्राचौरबाट सुर भएको अभियानलाई उपमहानगरको हरेक टोलबिकास सस्था मार्फत नगरका वडा र टोल सम्म पु¥याइएको विपद प्रतिकार्य फोहरमैला व्यवस्थापन तथा वाताबरण शाखा प्रमुख शान्ति बिकले बताइन् । अभियान अनुसार हेटौंडा–७ न्युरेनीमा हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामा, हेटौंडा–७ का अध्यक्ष दामोदर गौतम, हेटौंडा १० का अध्यक्ष तथा वाताबरण समितिका संयोजक फुर्वा दोर्जे लामा सहित वडा सदस्य र टोलबिकास सस्थाका पदाधिकारीहरुको सहभागितामा बृक्षारोपण गरिएको थियो ।

अभियान हरेक सनिवार हेटौंडाका १९ वटै वडामा ३४६ वटा टोलविकास सस्था मार्फत सफाई अभियानलाई निरन्तरता दिर्दै आएको छ । सबैवडामा वडाअध्यक्ष निर्वाचित सदस्यहरु र टोलबिकास सस्थाका पदाधिकारीहरुको उपस्थितीमा सफाई अभियानलाई सञ्चालन गर्ने गरिएको छ ।