हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गतको हेटौंडा अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । करेन्ट लागेर उपचारको लागि आफन्तले अस्पताल ल्याउँदा डाक्टरले राम्रो संग उपचार नगरेको भन्दै आफन्तले अस्पतामा नाराबाजी गरेका हुन् ।

शनिबार दिउँसो करेन्ट लागेर उपचारको लागि ल्याईएका हेटौंडा ९ मिलनपथका १२ वर्षीय बालक सुमन तामाङलाई अस्पतालका डाक्टरले ४ ः ५० मा उपचारको क्रममा मृत घोषणा गरेका थिए ।

बालकका बाबु हेटौंडा बाहिर रहेको हुँदा आउन समय लाग्ने भएपछि शव अस्पतालमै राखिएको थियो । डाक्टरले मृत घोषणा गरेका बालकलाई आफन्तले हेर्ने जानेक्रममा आँखाबाट आँशु झरिरहेको भन्दै बालक जिउँदै रहेको भन्दै पुनः उपचार गर्न दबाब दिएका थिए । त्यसपछि डाक्टरले पुनः उपचार सुरु गरेको थियो । तर डाक्टर मृत्यु भइसकेको भनेपछि आफन्तहरुले बालकले समयमै उपचार नपाउँदा मृत्यु भन्दै अस्पतालमा नाराबाजी गरेका थिए ।

हाल पनि अस्पताल परिसरमा नाराबाजी चलिरहेको छ । अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी खटाईएको छ । अहिले डिएसपी टेक बहादुर कार्की सहितको प्रहरी टोली हेटौंडा अस्पतालमा रहेको छ । घटनाको बिषयमा अहिले आफन्त र अस्पताल पक्ष बिच छलफल हुन सकेको छैन ।

त्यस्तै हेटौंडा अस्पतालका मेसु रामचन्द्र सापकोटाले करेन्ट लागेर उपचारको लागि ल्याईएको बालकको मृत्यु ४ः ५५ मा भएको बताए । उनले करेन्ट लागेर ४ ः १० बजे ल्याईएको बाललको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको बताए । उनले बालकको परिवारको सदस्य आउँन समय लाग्ने भएपछि अस्पातलमै शव राखिएको र आफ्न्तहरु आएर बालक जिउँदै रहेको भन्दै आरोप लगाएको बताए ।