हेटौंडा । मकवानपुर प्रहरीले ५ किलो ४ सय ग्राम गाँजा सहित एक युवालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १९ गुम्बाचोकमा चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा सहित बसामाडी ३ बस्ने ४२ बर्षीय लक्ष्मण बललाई पक्राउ गरेको हो ।
झोला भित्र रातो रंगको प्लाष्टिकमा पोको पारी लुकाई छिपाई ल्याएको अबस्थामा लागु औषध गाँजा बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ । लागु औषध सहित पक्राउ परेका बललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्