हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लेवट चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति हेटौंडाबाट मनहरी जाँदै गरेको ना ७ ख ७६१ नम्बरको ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृतयु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, मृतक पुरुषको सनाखत भएको छैन । उनको शव हाल हेटौंडामा अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । ठक्कर दिने ट्रक तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्