हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि सर्लाही क्षेत्र नं. २ बाट डा.वीरवंश बैठाले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।
सर्लाहीको मलङ्गवा नगरपालिका–५ का स्थानीय डा. वीरबंश बैठाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
तीन दशकदेखि शिक्षण पेशामा आबद्ध बैठाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले उम्मेदवार बन्नकै लागि भदौ १ गते नै शिक्षण पेशाबाट राजीनामा दिइसकेका छन् । उनको राजिनामा स्वीकृत हुन भने बाँकी रहेको छ ।
थु्रपै राष्ट्रिय तथा ७ वटा अन्तर्राष्ट्रिय अवार्डसमेत पाएका बैठा नेपाल विश्वको तुलनामा सबै क्षेत्रमा धेरै पछि परेको र नेपालमा पनि मधेश अझै धेरै पछि परेको परेको प्रति चिन्तित छन् ।
उनले भने, ‘मधेश प्रदेशको एउटा जिल्ला पनि पूर्ण साक्षार हुन सकेन । यो दुःखदायी कुरा हो । ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै छ । दाइजो प्रथा कायमै छ । महिला हिंसा उस्तै छ । विकास निर्माणको हालत पनि खराब छ ।’
उनले ३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गराउँदै त्यस कालदेखि आजको दिनसम्म देश र जनताले सुखानुभूति गर्न नपाएको गुनासो पोखे । उनले देशमा नेता नभएको पनि दाबी गरेका छन् ।
‘नेपालमा थर्ड क्लास पोलिटिसियन छन् । नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो । नेता त सिंगापुरमा छन् । हाम्रा नेताहरु भनाउँदासँग मिशन, भिजन र डेडिकेशन छैन् । दलमा स्थिरता छैन् । गठबन्धन अनि महागठबन्धन बनाउने, यस्तो पनि हुन्छ ? यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन् ।’
उनले विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भने, ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं । अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ । राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको छ । अब समाजलाई गति प्रदान गर्नुपर्छ ।’
बैठा हेटौंडा ४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माविका प्रध्यानाध्पक हुन् । उनी शिक्षा क्षेत्रमा विगत तीन दशकदेखि सक्रिय रहेका छन् । उनले आधुनिकको बागडोर सम्हालेपछि यहाँ अग्रेजी माध्यमबाट शिक्षण सुरु भएको थियो । करिव २५ सय भन्दा बढी बिद्यार्थी रहेको यस सामुदायिक बिद्यालय देशकै नमुना बिद्यालय मध्येको एक हो । बिद्यार्थी, अभिभावकको पहिलो रोजाईमा रहेको यस बिद्यालयलाई यहाँ सम्म ल्याउन बैठाले ठुलो योगदान गरेका छन् । उनले शिक्षा क्षेत्रमा रहेको बिकृति हटाउन चालेको जस्तै कदम अब राजनीतिक क्षेत्रमा चाल्न राजनीति यात्रा सुरु गरेको अनिरुद्र खबर संग प्रतिक्रिया दिए ।
उनले पुराना नेतालाई नो नट एगेन भनेका छन् । पुराना राजनीतिक दलका नेता संग देशलाई समृद्ध बनाउने भिजन नभएको भन्दै उनीहरुलाई अब बिस्थापित गर्नुपर्ने बताए । उनले दलका पुराना नेताले दशकौं देखि राजनीतिकलाई कमाउ धन्दा बनाएको आरोप लगाए ।












प्रतिक्रिया दिनुहोस्