हेटौंडा । हिमालयन राईडर्स सोसाईटी हेटौंडा मकवानपुरको अध्यक्षमा रामकुमार श्रेष्ठ सर्वसम्वत् चयन भएका छन् । हेटौंडा ५ पुष्पलाल पार्कमा भएको प्रथम बार्षिक साधारणसभाले श्रेष्ठलाई सर्वसम्वत् अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजु थापा मगर, महासचिवमा चन्द्रकुमार मानन्धर, सचिवमा लेखनाथ ढकाल, कोषाध्यक्षमा लक्ष्मी चरन श्रेष्ठ चयन भएका छन् ।
समितिको सदस्यहरुमा बुद्धराम श्रेष्ठ, ईश्वर पाण्डे, देवराज आचार्य, प्रदिप थापा र महिला सदस्यमा सोनियाँ राई चयन भएका हुन् ।
त्यस्तै ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेन्द्र चन्द ठकुरी, चेतनाथ आचार्य, भानुभक्त आचार्य, डा.तारालाल श्रेष्ठ, राममान श्रेष्ठ, निमेश निखिल र रामेश्वर बास्कोटा रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शुशिल घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा राईडर्स क्लवका संस्थापक अध्यक्ष दिपेन्द्र चन्द ठकुरी, बारा सिमराका शेषराज अधिकारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कोरा राईडर्समा सक्रिय भूमिका निभाउने र सहयोग गर्नेलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस्