हेटौंडा । मकवानपुरसहित विभिन्न जिल्लामा गरिएका आँखा जाँच शिविरबाट अप्रेशन गर्नुपर्ने बिरामी हेटौंडा सामुदायिक आँखा अस्पतालमा रिफर भएका छन् । झन्डै तीन सय जनाको आँखाको अप्रेशन गर्नका लागि डाक्टर सन्दुक रुइत हेटौंडामा छन्।
बिहानैदेखि बेलुकासम्म विभिन्न जिल्लाबाट आएका बिरामीका आँखाको अप्रेशन गरेर उनको दिन बित्ने गरेको छ । हरेक वर्ष उनी हेटौंडा सामुदायिक आँखा अस्पतालमा अप्रेशनका लागि आउने गरेका छन् ।
शिविरमा आँखा जाँचका क्रममा मोतियाविन्दु लगायतका समस्या भएका बिरामीलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याएर अप्रेशन गर्ने गरिएको अस्पतालका म्यानेजर सुधिर श्रेष्ठले बताए । विभिन्न जिल्लाका ठाउँ–ठाउँमा गरिएका निःशुल्क आँखा शिविरमा जटिल समस्या देखिएका बिरामीलाई यहाँ अप्रेशनका लागि ल्याइएको उनले बताए ।
यस्ता बिरामीको डाक्टर रुइतले निरन्तर अप्रेशन गरिरहेका छन । अस्पतालमा आँखामा देखिएका समस्या लिएर आएका बिरामीको भिड लागेको हो ।
यसैगरी आजै बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतम लगायतले डाक्टर रुइतसँग आँखा जाँच गराएका थिए ।
उज्यालो अनलाइनबाट












प्रतिक्रिया दिनुहोस्