हेटौंडा । हेटौडा–७ नागश्वतीमा शनिवार वृक्षारोपण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका, ७ नं. वडा कार्यालय, टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–७ र वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । तेजपात, अमला, गोलमोहर,नीम, कल्कीफूल लगायतका ३ सय विरुवाको वृक्षारोपण गरिएको थियो ।

बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले सफा र हरियाली हेटांैडा आफ्नो योजना रहेको बताईन । कार्यक्रममा हेटौंडा–७ का वडा अध्यक्ष दामोदर गौतम, टोल विकास संस्था वडा समन्वय समिति, हेटांैडा –७ का अध्यक्ष युवराज गौतम,वडा कार्यालयका, कर्मचारी टोल विकास संस्थाका पदाधिकारी र स्थानीयका सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी