हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई थप एक हजार थान डेङ्गु परिक्षण गर्ने किट सहयोग गरेको छ ।

सोमबार अस्पतालमा पुगि उपमेयर राजेश बानियाँले अस्पतालका मेसु डा.रामचन्द्र सापकोटालाई किट हस्तान्तरण गरेका हुन् । यस अघि पनि उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई एक हजार किट सहयोग गरेको थियो । किट हस्तान्तरण गर्दै उपमेयर बानियाँले हेटांैडा अस्पतालबाट माग भै आए अनुसार आवश्यक पर्ने अन्य स्वस्थ्य सामाग्री तथा डेङ्गु परिक्षण गर्ने किट उपलब्ध गराउन उपमहानगरपालिका तयार रहेको बताए ।

अहिले डेङ्गु महामारीका रुपमा रहेकाले आम नागरीकलाई परिक्षण गराउन सजिलो होस भन्दै उपमेयर बानियाले डेङ्गु परिक्षण गर्ने किट अस्पताललाई सहयोग गरेको र थप किट उपलब्ध गराउन पनि उपमहानग तयार रहेकोे बताए ।

किट बुझदै अस्पतालका मेसु डा. सापकोटाले हेटौंडा अस्पतालमा दैनिक एक सयको हाराहारीमा डेङ्गुका बिरामी परिक्षणका लागी आउने गरेको बताउँदै थप किटका लागी अस्पतालले पनि खरिद गर्न तयारी गरेको बताए ।