हेटौंडा । मकवानपुरका पाँच जना विभूषित हुने भएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे सुप्रबल जनसेवाश्रीबाट विभूषित हुने भएका हुन् । सरकारले संविधान दिवसको अवसरमा घोषणा गरेको विभिन्न मानपदवी, अलंकार र पदकमध्ये सुप्रबल जनसेवाश्रीबाट प्रजिअ पाण्डे विभूषित हुँदैछन् ।

त्यस्तै प्रबल जनसेवाश्रीबाट मकवानपुरका ३ जना विभूषित हुँदैछन् । सरकारले सार्वजनिक गरेको सूचिमा जिल्लाका, हेटौंडा ४ निवासी समाजसेवी गणेश बहादुर लामा, समाजसेवी सिद्धिलाल श्रेष्ठ र चर्चित संगीतकार चेतन सापकोटा रहेका छन् ।
त्यस्तै जनसेवाश्रीबाट हेटौंडाका क्रियाशील पत्रकार तिलकप्रसाद अधिकारी विभूषित हुने भएका छन् ।

संविधान दिवशको दिन आज सरकारले कूल ९९८ जनालाई विभिन्न मानपदवीबाट विभूषित गर्ने घोषणा गरेको छ । सरकारले आउँदो बैशाख १ गते राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा विभूषण मानपदवी तथा अलंकार प्रदान गर्नेछ ।