हेटौंडा । लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण, यसको संख्यामा वृद्धि, आहार, यसको फाईदा, कानूनी प्रावधान लगायतका विषयहरुमा बुधवार हेटौंडामा समन्वयात्मक बैठक भएको छ ।

बैठकमा हिमालयन नेचरका परियोजना अधिकृत प्रदीप सेढाईले नेपालमा सालक संरक्षणको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकमा सहभागिहरुले सालक संरक्षणमा समुदाय सक्रिय हुनु पर्ने, पर्सा राष्ट्रिय निकुञ्जले सहयोग गर्नु पर्ने, स्थानीय तहले सहजीकरण गर्नु पर्ने र जनचेतना बढाउने लगायतका विभिन्न प्रकारका कार्यहरु गर्नु पर्नेमा जोड दिएका थिए ।

बैठकमा चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सालक संरक्षणमा सामुदायिक वनले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए । बैठकमा जेडएसएलका प्रचण्ड महर्जन र पर्सा राष्ट्रिय निकुञ्जका विष्णु पौडेलले सालक संरक्षणमा समुदाय सक्रिय हुनु पर्नेमा जोड दिएका थिए ।

चुच्चेखोला सामुदायिक वन, चेतना मध्यवर्ती सामुदायिक वन र सिटु मध्यवर्ती सामुदायिक वनका पदाधिकारी र उपभोक्ता पदाधिकारी समेत गरि बैठकमा ३१ जनाको सहभागिता थियो ।

भीमसेन पौडेल
थप जानकारी