हेटौंडा । मकवानपुरको भिमफेदी कारागारमा रहेका कैदीको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला बारा माँहागढिमाई नगरपालिका–१० गञ्जभवानीपुर घर भएका ३८ वर्षीय अजय प्रसाद जैसवालको मृत्यु भएको हो । जैसवाल अचानक ट्वाईलेट जाने क्रममा लडी घाईते भई उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनी भिमफेदी कारागारमा लागुऔषध गाँजा मुद्धाको पुर्पक्षमा कैद सजाय भोगिरहेका थिए ।