काठमाडौं । बलिउड नायक सिद्धार्थ मल्होत्राको स्टारडम फेरि फर्किएकोे छ । उनले अभिनय गरेकोे चलचित्र ‘शेरशाह’ सुपरहिट भएपछि उनकोे चर्चा फेरि चुलिएको हो । निर्माताले पनि सिद्धार्थलाई एक्सनप्रधान चलचित्रमा अभिनय गराउन थालेका छन् ।

सिद्धार्थ अब निर्माता करण जोहरकोे धर्मा प्रोेडक्सनको नयाँ चलचित्र ‘योद्धा’मा काम गर्दैछन् । योे चलचित्रका लागि नायिका पनि फाइनल गरिएकोे भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रमा नायिका दिशा पटानी र राशी खन्नाले काम गर्ने पक्का भएकोे हो । यो चलचित्र हलमा सन् २०२२ कोे नोेभेम्बर ११ तारिखबाट रिलिज हुने पक्का भएको छ ।

निर्माता करण जोहरले ट्विटरमार्फत दिशा र राशीलाई चलचित्रमा स्वागत गरेका छन् । यो चलचित्रलाई सागर अम्ब्रे र पुष्कर ओझाले निर्देशन गर्दैछन् ।