

काठमाडौँ । यो साता शेयर बजार दुई दिन बढ्दा तीन दिन ओरालो लागेको छ ।
साताको अन्तिम दिन आज पनि बजार घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.६९ अंकले घटेको हो । ०.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६१३.६७ अंकमा झरेको छ ।
आज २२४ कम्पनीका ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८ सय २५ रुपियाँ बराबरको कारोबार भएको हो । बजार घटेको पनि कारोबार रकम भने आज केही बढेको हो ।
बजार घटेको दिन निर्जीवन बीमा र जीवन बीमा समूहमा भने बहार छाएको छ । आज निर्जीवन बीमा १२७.४३ र जीवन बीमा ३६९.१८ अंकले बढेका हुन् । बाँकी समूह भने राताम्मे भए ।
बजार घटे पनि आज ३ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड र यूनाइटेड इदी मर्दी हाइड्रोका लगानीकर्ताले क्रमशः १०, ९.९९ र ९.९३ प्रतिशतले घाटा व्यहोरेका छन् । त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले ४.४७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज जीवन विकास लघुवित्तको उच्च कारोबार भएको छ । जीवन विकासको ३० करोड ६३ लाख ९७ हजार ६ सय २४.३० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार १४.६७ अंकले बजार घट्दा २ अर्ब २५ करोड ४६ लाख १ सय ९१ रुपियाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै सोमबार र मंगलबार लगातार बजार बढेको हो । सोमबार १७.९९ अंकले बजार बढ्दा २ अर्ब ५९ करोड २७ लाख १८ हजार १ सय ३१ रुपियाँ र मंगलबार १६.०४ अंकले बजार बढ्दा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १ सय ७८ रुपियाँ बराबरको कारोबार भएको थियो ।
बुधबार फेरि बजार ओरालो लाग्यो । उक्त दिन २०।३४ अंकले बजार घट्दा अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रुपियाँ बराबरको कारोबार भयो भने साताको अन्तिम दिन बिहीबार १६.६९ अंकले बजार ओरालो लाग्दा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८ सय २५ रुपियाँ बराबरको कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्