

हेटौंडा । वैशाख ३० गते हुने स्थानीय निकायको चुनावका लागि नेकपा एमाले मकवानपुरले चुनावी अभियान तीब्र पारेको छ । एमालेको चुनावी अभियान अन्र्तगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ वनस्खण्डी टोलमा टोल कमिटी गठन गरिएको छ ।
गोपालराज भट्टराईको अध्यक्षतामा वनस्खण्डी टोल कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा कृष्ण बहादुर न्यौपाने, सचिवमा प्रसिद्ध रेग्मी, उपसचिवमा गणेश कुमार पौडेल, सर्मिला राउत चयन भएका छन ।
त्यस्तै कमिटीको सदस्यहरुमा क्रमश अम्बिका न्यौपाने, श्याम कुमार गौतम, लक्ष्मी रेक्ष्मी, राजु लामा, निरबहादुर घले, चीनिमाया राना, नकुल थापा, सिता थापामगर, विमलकुमार बस्नेत, अम्बर खवास, शुक्र राजथला, सन्देश गौतम, शान्तामाया थोकर, श्वेतान्त काफ्ले, प्रशासन लामिछाने, सनम लामा लगायतका रहेका छन ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कमिटी इन्चार्ज शिशिर सुवेदी, नगर कमिटी सदस्य नारायण राजथला, २ नम्बर वडा कमिटी अध्यक्ष रामकृष्ण, सचिव रेनु गुरुङ (श्रेष्ठ), उप सचिव रामप्रसाद ढोडारी, सचिवालय सदस्य महेश्वरमान श्रेष्ठ, अमृत केसी, अनेमा संघ वडा कमिटी सचिव मिना पराजुली, अखिल फोर्स मकवानपुर प्रमुख मनिषमान श्रेष्ठ, जन साँस्कृतिक महासंघ जिल्ला अध्यक्ष राजु राउत लगायतकाको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्