

चितवन । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ निवासी संचारकर्मी तथा समाजसेवी भीमसेन पौडेलले स्वर्गीय पत्नीको जन्मदिन मानवसेवा आश्रममा मनाएका छन ।
उनले स्वर्गीय पत्नी दुर्गादेवी पौडेलको जन्मदिनको अवसरमा चितवनमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाना खुवाएर जन्मदिन मनाएका हुन । पौडेलले भरतपुर महानगरपालिका वडा नं ३ बेलचोकमा रहेको मानव सेवा आश्रममा रहेका ६६ जना वृद्धाहरुलाई एक छाक खाना खुवाएका हुन ।
कार्यक्रममा स्वर्गीय पौडेलकी छोरी रोशनी, छोराहरु रोहित, रोशन पौडेल, ज्वाइ नविन्द्र चौलागाई, सम्धि दिपक प्रसाद चौलागाई, सम्धिनि ईन्दिरा चौलागाई, ज्वाइँ ऋषि सुवेदी, मीत मीन बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आश्रमकी कार्यालय सचिव झुमा नगरकोटीले स्वागत गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्