

हेटौंडा । नयाँ बर्ष लाग्न केही घण्टा बाँकी रहँदा हेटौंडामा नयाँ बर्ष २०७९ को स्वागत गरिएको छ ।
वाग्मती प्रदेशको राजधानी हेटौंडामा नयाँ बर्षको स्वागतमा दीप प्रज्वलन गरिएको हो । हेटौंडाको सानोपोखरा चोकमा स्थानीयवासीले नयाँ बर्ष आगमन हुन केही घण्टा बाँकी रहँदा सडकमा दीप प्रज्वलन गरेका थिए ।
नेपालको नक्सा, झण्डा सहित नयाँ बर्ष २०७९ लेखेर दीप प्रज्वलन गरिएको थियो । २०७८ को बिदाइ र नयाँ बर्षको स्वागतमा स्थानीयवासी जम्मा भएर दीप प्रज्वलन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्