

हेटौंडा । स्थानीय तहको निर्वाचनमा नेपाल परिवार दलले मकवानपुर जिल्लामा नेकपा एमालेसँग तालमेल गर्ने पक्का भएको छ । आइतबार नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको छलफलमा नेपाल परिवार दलले केही वडामा सुर्य चिन्हबाट उम्मेदवारी समेत दिने तय भएको हो ।
नेपाल परिवार दल मकवानपुरका अध्यक्ष हरि बहादुर लोप्चन र एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठबिच भएको छलफलमा नेपाल परिवार दलले मकवानपुरमा ३ वडामा १÷१ जना वडा सदस्यको लागि स्थान माग गरेको छ ।
दलले हेटौंडा–१०, मनहरी–६ र कैलाश–८ मा वडा सदस्य माग गरेको जनाएको छ । जसमा कैलाश ८ बाट नेपाल परिवार दलका जिल्ला अध्यक्ष हरिबहादुर लोप्चनको नाम वडा सदस्यमा एमालेको वडा कमिटीले नै समावेश गर्दै सिफारिस गरिसकेको छ । परिवार दलले हेटौंडा–१० र मनहरी–६ मा पनि वडा सदस्य पद मागेको छ ।
प्रतिक्रिया दिनुहोस्