हेटौंडा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका हेटौंडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

हेटौंडाका ९ वडा अध्यक्षसहित ३६ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबार उपमहानगरमा राजीनामा बुझाएका हुन् ।

राजीनामा दिने वडा अध्यक्षहरुमा हेटौंडा २ का हरि राउत, ३ नम्बर वडाका रामकुमार पुडासैनी, ४ का नविन सिग्देल, ७ का राजन थापा, ९ का लक्ष्मण भण्डारी, १२ का ललित घलान, १४ का दीपक खड्का, १८ का अनिल बानियाँ र १९ नम्बर वडाका नरनाथ सुवेदीले राजीनामा दिएका छन् ।

यसैगरी हेटौंडा उपमहानगरकै विभिन्न वडाका सदस्यहरु २७ जनाले पनि शुक्रबारनै राजीनामा दिएका छन् ।

साभारः अनलाइन खबर