

काठमाडौँ । शेयर बजार घट्दा कारोबार रकम पनि एक अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.०२ अंकले घटेको हो । ०.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २३७०.९९ अंकमा झरेको हो ।
आज २२८ कम्पनीका ३४ लाख १९ हजार २ सय २८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ६० लाख १४ हजार ४ सय १७ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार घटेको दिन उत्पादनमूलक समूह १६.४३ र म्युचुअल फण्ड ०.२५ प्रतिशतले बढे पनि बाँकी समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी निर्जीवन बीमा समूह १००.१६ अंकले घटेको हो ।
बजार घटेको दिन आज पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । त्यसैगरी हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५.४१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज सिद्धार्थ बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ४ करोड २१ लख ८२ हजार ६.१० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन ९५.४६ अंकले बजार बढ्दा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सय ९३ रुपियाँ र हिजो सोमबार ३४.९५ अंकले बजार घट्दा २ अर्ब ४ करोड २२ लाख ५३ हजार १ सय ८२ रुपियाँ बराबरको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्