हेटौंडा । हेटौंडा उपमहानगरको विभिन्न पदमा उम्मेदवारी दिएका ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

तीनजना मेयर र दुईजना उपमेयरसहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । मेयरमा जसपा नेपालकी दीपा लामा, नेपालका लागि नेपाली अभियान पार्टीका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार सुरक्षा रिजालले मेयरबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उपमेयरमा नेकपा समाजवादीकी मखकुमारी तिमल्सिना र जसपा नेपालका हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनीहरुसँगै वडा अध्यक्ष र सदस्यमा गरी ४९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।