

हेटौँडा । नेकपा एमाले मकवानवपुर तथा जिफन्ट बागमती प्रदेशको आयोजना हेटौँडामा हुने एमालेको आमसभाको तयारी पुरा भएको छ ।
मे दिवसको अवसरमा हेटौँडाको हुप्राचौरमा बैशाख १८ (भोली) हुने आमसभाको तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले आमसभामा ४० हजार मानिसहरु सहभागि हुने बताए ।
नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले संवोधन गर्ने आमसभाको तयारी पुरा गरिएको भन्दै आमसभालाई भब्य बनाउनको लागि जिल्लाको १० वटै स्थानीय तहमा कार्यकर्ता परिचालन गरिएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्