हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका एसोसियट तर्फका सदस्य एवं उद्योगी बीके बोसको निधन भएको छ ।

खुट्टाको क्यान्सरको उपचार गराईरहेका बोसको मंगलबार चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

६१ वर्षका बोस मकवानपुर जिल्ला व्याड्मिन्टन संघको अध्यक्ष समेत थिए । उनको हेटौंडामा अन्त्येष्टी गरिएको छ । बोस नारायणी मिल्क इन्डष्ट्रिजका सञ्चालक समेत हुन् । बोसले मकवानपुरको ब्याडमिन्टन खेललाई राष्ट्रियस्तरसम्म परिचय गराएका थिए ।