

हेटौंडा । मकवानपुर प्रहरीले चोरीको तीन वटा मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले भारत घर भई हेटौडा उपमहानगरपालिका वडा नं. ११ थानाभ¥याङ डेरा गरी बस्ने वर्ष २६ को अख्तर खान र हेटौडा उपमहानगरपालिका वडा नं. १० घर भई ११ नम्बरमा बस्ने वर्ष १९ को आर्यान बानियालाई पक्राउ गरेको हो ।
हेटौडा उपमहानगरपालिका वडा न. १० राप्ती रोडबाट पार्किङ गरी राखेको बिजय गौतमको बागमती प्रदेश ०३–००५ प ३४६५ नं. को बुलेट मोटरसाईकल चोरी भएको भएको थियो । बाइक चोरी भएपछि गौतमले प्रहरीमा जानकारी गराएका थिए ।
खान र बानियाले बागमती प्रदेश ०३–००५ प ३४६५ नं. को बुलेट मोटरसाईकल बरामद गरेका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा थप चोरी गरी लुकाई छिपाई राखेका ना ४१ प ५२०८ नं. को पल्सर मोटरसाइकल, र बा.प्र. ०३–००३ प ७२५२ नं. को २२० सि.सि. को पल्सर मोटरसाईकलको नम्वर प्लेट परिवर्तन गरी बा.प्र. ०३–००१ प ६८७२ नं. को बनाई लुकाई छिपाई राखेको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
पक्राउ परेका खान र बानियाँको कोठामा चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागुऔषध खेरौ हेरोईन जस्तो देखिने पदार्थ ४०० मिलि ग्राम फेला परेको प्रहरीले बताएको छ । पक्राउ परेका दुबै जनालाई चोरी भएको मोटरसाइकल र लागुऔषध खेरौ हेरोईन जस्तो देखिने पदार्थ सहित थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्