

हेटौंडा । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका सुजन शाही ठकुरीले भ्रष्टाचार रहित वडा बनाउने बताएका छन ।
उनले अनिरुद्र खबर संग कुराकानी गर्दै भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सहर रहेको टिप्पणी गरे । उनले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताए । उनले वडाको बजेट एक रुपियाँ पनि दुरुपयोग नगर्ने बताए । वडा अध्यक्ष उम्मेदवार शाहीले वडा अध्यक्षमा निर्वाचित भए सुत्केरी भक्ता ३ हजार, बृद्ध भत्ता घर घरमा पु¥याउने, १२ कक्षा सम्म निःशुल्क शिक्षा लगायतको घोषणा गरेका छन ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा राप्रपाको तर्फबाट अध्यक्षमा शाही सहित वडा महिला सदस्यमा सुस्मा, वडा सदस्यमा अष्टमान थोकर र सदस्यमै असिम श्रेष्ठले उम्मेदवारी दिएका छन । चुनावी प्रचारप्रसारको लागि उनीहरु हाल घरदैलो अभियानमा लागेका छन ।
प्रतिक्रिया दिनुहोस्