हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोला जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको योद्धा जीप शनिबार साँझ ५ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।

८ जना सवार जीपमा घाइते भएकाहरुलाई उपचारका लागि हेटौंडातर्फ पठाइएको बताइएको छ । घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
साभारः समृद्ध समाज