हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता भएकी छन् ।

शनिबार मनहरी बजारबाट सामान खरिद गरी घर फर्कने क्रममा साँझ करिब ६ बजेको समयमा कैलाश १० कि ४० वर्षीय माइलीमाया जिम्बा र ३० वर्षीया सन्चमाया प्रजालाई खोलाले बगाएको हो ।

खोलाले बगाएर बेपत्ता भएकामध्ये ३० वर्षीया सञ्चमायाको शव फेला परेको छ । उनको शव कैलाश ९ नम्बर वडाको खोला किनारमा भेटिएको प्रहरी चौकी नामटारका प्रहरी हवल्दार उमेशकुमार पाशवानले जानकारी दिए । भर्खरै मात्र शव फेला पारी मुचुल्का तयार पार्ने काम भइरहेको र अर्की बेपत्ता माइलीमायाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।