हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ को बत्तिसौं वार्षिक प्रतिवेशन पेश गरेको छ ।

आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमीरेले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मालाई पेश गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।

प्रतिवेदन पेश गर्ने कार्यक्रममा मन्तव्य राख्दै प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा आयोगका हेटौंडा कार्यालयका प्रमुख घिमीरेले आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयबस्तु समेटिएको वार्षिक प्रतिवेदनको सार संक्षेप प्रस्तुती गरेका थिए ।