

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आज शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । चाडपर्व लक्षित विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
शाखा अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका पुर्व अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष रुपेश दुलाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख बामदेव गौतम, १४ नम्बर गण सशस्त्रका एसपी नेत्रबहादुर कार्की, अनुसन्धानका उपनिर्देशक पप्पु शर्मा पौडेल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्