हेटौंडा । मकवानपुर जिल्लामा डेंगु संक्रमितको सख्या दिनहुँ बढ्दै गएको छ । डेंगुकै कारण बिरामी भएर थलिएकाहरु अस्पतालमा भर्ना भएका छन् । डेंगुका बिरामी सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका रहेका छन् ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ३ हजार १५८ जनामा डेंगु पुष्टि भईसकेको छ । बिरामी धेरै बढ्न थालेपछी हेटौंडा अस्पतालका सबै बेढ भरीएका छन् । डेंगुबाट संक्रमित भएका मध्य हेटौंडाका मात्र २ हजार ६९३ जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो २४ घण्टाभित्रमा मात्र मकवानपुरमा २७ जनामा डेंगु संक्रमण भएको छ । मकवानपुरको जिल्ला अस्पताल, स्वास्थ्यचौकीहरु, स्थानीय निजी अस्पतालमहरुमा समेत बिरामीलाई राखेर उपचार गर्न समस्या रहेको छ ।

गत श्रावण देखी मकवानपुरमा एक हजार १ हजार ७८३ जना पुरुष र १ हजार ३७५ जना महिलामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । मकवानपुरमा हेटौंडाका एक जना डेंगु सक्रमणको निधन भइसकेको छ ।