

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित हेटौंडा मोडेल अस्पतालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शिल गरेको छ ।
१० बेडको अनुमति लिएर क्षमताभन्दा बढी बेड सन्चालन गरेको र अनुमति बिना फार्मेसी,ल्याब र अप्रेसन कक्ष संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले आज शिल गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेको नेतृत्वमा गएको अनुगमन टोलीले अस्पतालको अप्रेसन कक्ष, फार्मेसी र ल्याबमा ताला लगाएको हो ।
डाक्टर बसन्तमान श्रेष्ठको लगानी रहेको सो अस्पतालले अनुमती नलिई फार्मेसी सन्चालन गरेको, ल्याब बिना अनुमती सन्चालन गरेको र १० बेडको अनुमति लिएको अस्पतालले विशेष शैल्यकृया कक्ष सन्चालन गर्न नपाउने अवस्थामा पनि सन्चालन गरेको पाइएकोले शिल गरेको न्यौपानेले बताए ।
यस्तै १५ दिन भित्र अस्पताललाई सम्पुर्ण कागजात पेश गर्न र १० बेडमात्र सन्चालन गर्न प्रशासनले निर्देशन दिएको छ । अस्पतालमा मापदण्ड अनुसार कर्मचारी चिकित्सक नभेटिएको, आवस्यक कागजात नभेटिएको, फोहोरमैला ब्यवस्थापन नगरेको पाइएको हेटौंडा उपमहानगरका आयुर्बेद तथा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताए ।
सो अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले यस अघि पनि जरिवाना गराएको थियो ।
साभार :लोकान्तर
प्रतिक्रिया दिनुहोस्