हेटौंडा । नारायणी यातायात व्यवसायी संघले आफ्ना कर्मचारी सूचना प्रविधि इञ्चार्ज सुमितकुमार बजगाईंको निधनमा श्रद्धाञ्जलीसभा गरेको छ ।

संघका अध्यक्ष हीरालाल श्रेष्ठले बजगाईंको निधनले संघलाई अपूरणीय क्षति पुगेको बताउँदै बजगाईं संघमा अशल र वफादार कर्मचारी रहेको बताए ।

डेंगु संक्रमणबाट बजगाईंको बिहीबार निधन भएको हो । बजगाईं २०४५ फागुन ९ गते जन्मिएका हुन् । २०७३ देखि नारायणीमा आवद्ध बजगाईं सूचना प्रविधि इञ्चार्ज थिए ।