

हेटौंडा । मकवानपुरमा राति ९ बजेभन्दा पछि देउसी भैलो खेल्न नपाईने भएको छ । नेपालीहरुको दोश्रो ठुलो चाडको रुपमा रहेको तिहारमा महत्वपूर्ण मानिने गरिएको देउसी भैलोलाई प्रशासनले चुनावको समय भएको भन्दै राती ९ बजेपछि खेल्नको लागि रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दश वटै स्थानीय तहमा राति ९ बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बताए । दिउँसो हुने देउसी भौलोलाई भने कुनै रोक नलगाईएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्