

हेटौंडा । हेटौंडा अस्पतालमा पहिलो पटक जटिल किसिमको टाउकोको सफल शल्यक्रिया गरिएको छ । टाउकोको दाहिने भागमा रगत जमेको र बेहोस अबस्थाका बिरामी हेटौंडा १५ का ५० वर्षीय पूर्णबहादुर थिङको टाउकोको सफल शल्यक्रिया गरिएको हो ।
हेटौंडा अस्पतालका न्युरो सर्जन डाक्टर विक्रमादित्यप्रसाद साह, एनेस्थेटिस्ट डाक्टर प्रशान्त बिडारी, ईश्वर सिलवाल, दिव्य खनाल, स्टाफ नर्स श्रीषा ढकाल सहितको टिमले थिङको शल्यक्रिया गरेको थियो । टाउकोको अप्रेशनपछि एक साता आसियूमा राखेर थिङको उपचार गरिएको थियो ।
न्यूरो सर्जनका लागि आवश्यक सामाग्री अभाव हुँदा हुँदै पनि डक्टर तथा नर्सको अथक प्रयासका बिच सफल शल्याक्रिया गरिएको थियो । गोल्ड मेडलिस्ट समेत रहेका डाक्टर साहको विशेष पहलमा हेटौँडा अस्पतालमा पहिलो पटक जटिल शल्यक्रिया सफल बनेको हो ।
डाक्टर साहको अनुसार ‘हेटौँडा अस्पतालमा अप्रेसनको लागि आवश्यक सामग्रीको अभाव र प्राईभेट तथा काठमाण्डौँका सरकारी अस्पतालमा समेत लग्न नसक्ने अवस्थाबिच आफुहरुले हेर्टौँडा अस्पतालको टिमसँग छलफल गरेर आवश्यक उपकरण ल्याउने काम गर्न सफल भएको र विरामीलाई पुनः हेटौँडा अस्पताल बोलाएर अप्रेसन गरेको जानकारी दिए ।
हेटौंडा अस्पतालबाट डिस्चार्ज हुने क्रममा बिरामी थिङले शल्यक्रियामा सहभागि डाक्टर तथा नर्स सबैलाई धन्यवाद समेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्