

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित बसपार्क नजिकको होटेलमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएको हो । सो क्रममा एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ ।
घटनापछि हेटौंडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ । प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटेलमा पूर्णरूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आई नसकेको जानकारी दिएको छ ।
होटेल मालिक मीना साहले गरगहना र नगदसहित करिब रु २० लाखको क्षति भएको बताइन् । प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्