हेटौंडा । व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । नदी किनारका छठपूजा स्थलमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । छठ पर्वको मुख्य दिन आज आइतबार अस्ताउँदो सूर्य र भोलि सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिन्छ ।

व्रतालुले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन हुने छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवको एकवर्षे अज्ञातवास सूर्यको पूजा आराधना गरी सफल भएको उल्लेख छ ।