

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा–१४ कालापानीका २३ बर्षीय समिर थोकरलाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट लागूऔषध कोडिवेल ७ बोतल, ट्रामाडोल १० क्याप्सुल र ल्याबोरेट १८ क्याप्सुल बरामद गरेको छ । प्रहरी टोलीले कालापानी स्थित भित्री बाटोमा ना ५४ प ३४५३ नम्बरको मोटरसाइकल चेकिङ गर्दा थोकर लागूऔषध सहित पक्राउ परेका हुन् ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्