हेटौंडा । मकवानपुरको इन्द्रसरोवर–३ सिस्नेरी ज्यामिरेमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीको अनुसार आइतबार र सोमबार गरेर अनुसन्धानको क्रममा सोधपुछको लागि ४ जना स्थानीयलाई नियन्त्रणमा लिइएको हो ।

उनले इन्द्रसरोवर–३ नम्बर वडाको ३ जना र २ नम्बरको एक जना नियन्त्रणमा लिइएको बताइन् ।

शनिबार साँझ ज्यामिरेकी स्थानीय ३६ वर्षीया सरस्वती वाइबाको शव टाउको र शरीरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा फेला परेको थियो ।