हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान निर्वाचित भएका छन् ।

 काठमाण्डौमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट ३६ जना निर्विरोध निर्वाचित भएकोमध्येमा मकवानपुरका मुक्तान पनि निर्वाचित भएका हुन् । महासंघको अध्यक्षमा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित भएकि थिइन् ।

निर्विरोध निर्वाचित भएपछि प्रतिक्रिया दिंदै मुक्तानले गाउँपालिकाको समस्यालाई केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गर्न सकृयरुपमा भुमिका निर्वाह गर्ने बताए ।