हेटौंडा । घरायसी विवादको कारण आफ्नै शरिरमा आगो लगाएर घाइते भएकी मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर ३ पलासेकी ३० वर्षीय रिना ब्लोनको मृत्यु भएको छ ।

मंसिर २५ गते आइतबार राति १० बजेको समयमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएकी ब्लोनको शुक्रबार राति उपचारको क्रममा मृत्यु भएको हो । ब्लोनको शुक्रबार राति काठमाडौंको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

राजेन्द्र थिङकीे श्रीमति ब्लोनले घरायसी विवादको कारण आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । आगोको कारण शरीरको विभिन्न भाग जलेर घाईते भएकी रिनालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिए पनि उपचार सम्भव नभएपछि काठमाडौंको किर्तिपुर अस्पतालमा रेफर गरिएको थियो ।