हेटौंडा । भीमफेदी गाउँपालिका वडा नं. २ कालीटारमा रहेको कालीका चण्डीका सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय, राप्ती, मनहरिका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष शिवराम थापाको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभामा समूहकी सचिव सुस्मिता थापा मगरले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाश थापाले आव.०७८÷०७९ को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०७९÷०८० को लागि ७ लाख ६७ हजारको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

साधारणसभामा ज्येष्ठ उपभोक्ता मंसिरमाया भोम्जन र जग्गु थापालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो भने विरुवा महिला समूहलाई उत्कृट महिला समूहको रुपमा नगद पुरस्कार सहित सम्मानित गरिएको थियो ।

साधारणसभामा भीमफेदी–२ का वडा अध्यक्ष काशीराम बजु, वडा सदस्य विष्णु राना मगर, रामेश्वर भोपाली, सव डिभिजन वन कार्यालय, भैसेका सहायक वन अधिकृत हरि खड्का, डिभिजन वन कार्यालय, राप्ती, मनहरीका रेन्जर निश्चल घिमिरे, समूहकी उपाध्यक्ष अप्सरा लामा, उपभोक्ता नारायण आले मगर, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । २ सय ५२ घरधुरी रहेको यो सामुदायिक वनका करिब ७ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

भीमसेन पौडेल
थप जानकारी