हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा पालिएका गाईहरुमा भाईसरबाट लाग्ने लम्पी स्कीन रोग पुष्टि भएको छ ।

स्थानिय मधुसुधन दहालको लक्ष्मीनाराणयन बहुद्धेश्यीय कृषीफर्मका ८ वटा गाईहरुको स्वाब संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाण्डौ पठाईएकोमा ३ वटा गाईमा रोग पुष्टी भएको पालिकाको पशुपन्छी बिकास शाखाप्रमुख सत्यनाराण शाहले बताए ।

यो रोग लाग्दा पशुमा १०४ देखि १०५ फरेन्टहाई सम्म उच्चज्वरो आउने ,उत्पादन घट्ने ,वजन घट्ने, शरिरमा फोकाफोका आउने, र्याल सिंगान बगाउने,जस्ता लक्षण देखिएपनि मृत्यु दर भने कम हुने र खास उपचार नभए पनि यी लक्षण देखिएमा नजिकको पशु प्राबिधिकलाई संपर्क गर्न र कृषकलाई बिशेष सावधानि अपनाउन पशु शाखा प्रमुख शाहले आग्रह गरे । रोग अर्को पशुमा सर्न नदिनकालागि रोगि पशुलाई कम्तीमा १५ दिन सम्म छुट्टै राख्ने , गोठमा लामखुटे, झिंगा नियन्त्रण गर्न ,भिरकोन स्प्रे गर्न कृषकहरुलाई अनुरोध गरे । यो रोग मानिसमा नसर्ने भएकाले रोग लागेको पशुको दुधलाई राम्रो संँग उमालेर पिउन सकिने उनले जानकारी दिए ।

यसैबिच सोहि रोगबारे गाउँपालिकाले शनिबार अन्तरक्रिया कार्यक्रम समेत भएको छ । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान्, वडा नम्बर ३ काअध्यक्ष भागबत घिमिरे, पशुपन्छी बिकास शाखाप्रमुख सत्यनाराण शाह, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल, श्रमिक सानाकिसान कृषी सहकारी संस्थाका अध्यक्ष निर्मला लम्ंसाल, धमिले कृषी सहकारी संस्थाका अध्यक्ष नवराज संन्जेल, पशुप्राबिधिक,संचारकर्मी र कृर्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ३ नम्बर वडा अध्यक्षभागबत घिमिरेले सबै कृषकहरुले पशु बिमामाजोड दिए । उनले पालिकाले समेत उपचारमाआबश्यक बजेट छुट्याएर तीब्र गतिमा उपचार गरेमा थोरै ठाउमा रोग देखिएकोले नियन्त्रण गर्न सकिने बताए । त्यस्तै पालिकाअध्यक्ष दोर्जे लामा स्याङ्तानले अब एक द्धार प्रणालीबाट रोग निधानगर्दै निःशुल्क उपचारको ब्यबस्थागर्ने प्रतिबद्धता ब्यक्त गरे । .उनले दुग्ध सहकारीहरुलाई किसान सचेतनाका कार्यक्रम गर्न अनुरोध समेत गरे । साथै पालिकाले शनिबारबाटै औषधी सहितप्राबिधिक टोली परिचालन गरेको पशुपन्छी शाखा प्रमुख शाहले बताए ।