गुहु र गोवर एकैठाउँ मिसाए पछि के हुन्छ थाहा छैन
सत्तापक्ष र प्रतिपक्ष एक भएपछि के हुन्छ थाहा छैन

सत्तालिप्साले सिद्धान्त र नैतिकतालाई दाउमा राख्दा
देशको राजनीतिले कुन वेला कुन मोड लिन्छ थाहा छैन ।१।

को कस्को मित्र को कस्को दुश्मन होे छुट्याउनै गार्हाे पर्ने
छिन्मा गाँड कोराकोर छिन्मै मिल्छन खुट्याउनै गार्हाे पर्ने

नेताका वहुरूपि नौटंकि देखेर जनताले सधै धोखा खाए
माथि नेता गला मिलाउछन तल कार्यकर्तालाई गार्हाे पर्ने ।२।

कोहि आफ्नो कुटिल चाल सफल भएकोमा गुलछर्रा उडाउँदैछन
कोहि मुखमा आएको गाँस खोसिदा आँसुका धारा चुहाउँदैछन

जनतासंग मत माग्दा एउटा कुरा जिते पछि अर्काे गर्ने
सबै मिलेर देशको ढुकुटी दोहन गर्दै सुख सयलमा नुहाउँदैछन ।३।

हेटौडा–४ चिल्ड्रेनपार्क
२०७९/०९/२६

गणेश कुमार श्रेष्ठ
थप जानकारी