हेटौंडा । कैलाश गाउँपालिकाको भार्ता–कालिकाटार–नामटारहुँदै काठमाडौं सम्म आज शुक्रबारदेखि बस सेवा सञ्चालनमा आएको छ ।

गाउँपालिकाको समन्वयमा नारायणी यातायात व्यवसायी संघले एउटा बस भार्ताबाट काठमाडौं तर्फ जाने र अर्को बस काठमाडौंबाट भार्ताका लागि छुट्ने गरि सञ्चालनमा आएको अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए ।

कैलाशको तल्लो बेल्टका ६ वटा वडाबासीले अहिलेसम्म काठमाडौं जानका लागि सिधा बस सेवाको सुविधा पाएका थिएनन् । बस सञ्चालनमा आएपछि आफ्नै घरआँगनबाट काठमाडौंसम्म जानका लागि त्यहाँका नागरिकले सुविधा प्राप्त गरेको मुक्तानले बताए । बस सेवा सञ्चालनमा आएपछि करिब १३ हजार स्थानीय लाभान्वित हुने उनले जानकारी दिए ।

‘बस सेवा सञ्चालनमा आएसँगै त्यहाँको कृषि उत्पादन काठमाडौंसम्म सहज रुपमा पु¥याउन सकिने भएको छ ।’ अध्यक्ष मुक्तानले भने–‘ यसबाट गाउँको आर्थिक कृयाकलापमा सकारात्मक प्रभाव पर्नेछ ।’