(230207) -- ALEPPO (SYRIA), Feb. 7, 2023 (Xinhua) -- People search for survivors among the rubble of a building destroyed in a powerful earthquake in the al-Masharqa neighborhood of Aleppo city, northern Syria, on Feb. 7, 2023. Massive earthquakes have killed 364 people and wounded 702 others in Aleppo city, the media office at the Aleppo governorate headquarters told Xinhua. (Str/Xinhua)

एजेन्सी । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ । दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधवार दिउँसो सार्वजनिक गरेको तथ्याङ्कमा ज्यान गुमाउनेको सङ्ख्या ११ नाघेको उल्लेख छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पबाट आठ हजार पाँच सय ७४ जनाको ज्यान गएको छ । यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएका जनाएको थियो ।

यसैगरी सिरियामा कम्तीमा एक हजार दुई सय ५० जनाको ज्यान जानुका साथै दुई हजार ५४ जना घाइते भएका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा एक हजार दुई सय ८० जनाको ज्यान जानुका साथै दुई हजार ६ सय भन्दा धेरै जना घाइते भएका उद्धारकर्मीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७ दशमलव८ म्याग्निच्युड र त्यसकाे केही घण्टापछि ७ दशमलव ५ म्याग्निच्युडकाे भूकम्प गएकाे थियाे ।

टर्की र सिरियामा सोमवार गएको दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिको खोजीका लागि समय र कठ्याङ्ग्रिँदो जाडोको सामना गरिरहेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

यसै क्रममा ८२ सदस्यीय चिनियाँ उद्धार टोली चार्टर्ड विमानबाट आठ हजार किलोमिटरभन्दा बढी उडेर टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधवार अदाना विमानस्थलमा आइपुगेको छ ।

चिनियाँ उद्धार टोलीका उपप्रमुख वाङ मोले भने ‘टोलीले अडियो र भिडियो लाइफ डिटेक्टर, मेडिकल सामग्री र तालिम प्राप्त कुकुरलाई विपद् क्षेत्रमा ल्याउनेछ र तत्काल खोजी तथा उद्धार कार्य सुरु गर्नेछ ।’