हेटौंडा । कैलाश गाउँपालिकाले अध्यक्षकप फुटबल प्रतियोगिता र उपाध्यक्षकप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फुटबल प्रतियोगिता फागुन २७ गतेदेखि ३० गतेसम्म नामटारमा र भलिबल प्रतियोगिता फागुन २० गतेदेखि २२ गतेसम्म कालिकाटारमा सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । प्रतियोगितामा प्रत्येक वडाबाट १-१ वटा टीमले सहभागिता जनाउने छन् ।

‘गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिएको छ । यहाँ थुप्रै राम्रो फुटबल, भलिबलका खेलाडीहरु हुनुहुन्छ ।’ मुक्तानले भने–‘उहाँहरुको वृत्तिविकासमा मद्दत पुगोस र पहिचान मिलोस भनेर हामीले यो प्रतियोगिता राखेका हौं ।’

शिल्ड र पुरस्कार राशीको सम्बन्धमा निर्णय गर्न खेलकुद समितिलाई निर्देशन दिइएको अध्यक्ष मुक्तानले जानकारी दिए ।