हेटौंडा । पाँचौं संस्करणको ‘स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता २०७९ अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब काठमाडौं फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा ट्राइब्रेकरमार्फत मनाङ मर्स्याङ्दीले विभागीय टोली एपीएफ क्लब काठमाडौंलाई ४-२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

ट्राइबेकरमा मनाङ मर्स्याङ्दीले ४ गोल गरेको थियो । एपीएफ क्लबले २ गोल गरेको थियो । सोमबार दिउँसो हुने दोस्रो सेमिफाइनल खेलमा एभिनियर एफसी क्यामरुन र हिमालयन शेर्पा काठमाडौं भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । कान्तिपुरबाट