हेटौंडा । हेटौंडामा सम्पन्न स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता पाँचौ संस्करणमा सर्वोत्कृष्ट खेलाडी मनाङ मस्याङ्दीका गोलरक्षक दीप कार्की घोषित भएका छन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका कार्कीले रोयल इन्फिल्ड बुलेट बाइक जित्न सफल भएका छन् । नेपाली राष्ट्रिय टोलीका गोलरक्षक समेत रहेका दीपले खेल निरीक्षकहरुको निर्णयका आधारमा बुलेट बाइक पाएका हुन् । यसअघि तेस्रो संस्करणमा घरेलु टोलीकै अमिर श्रेष्ठ र अशोक बरालले बुलेट मोटरसाइकल पाएका थिए ।